Logo
Logo

विप्लव नेतृत्वको नेकपाका १८ जना पक्राउ




नेपाल प्रहरीले शनिबार राति विप्लव नेतृत्वको नेपाल कम्यूनिस्ट पार्टीका कास्की जिल्ला सेक्रेटरीसहित १८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ४ महिलासहित १३ पुरूष रहेका छन् । उनीहरूलाइ कास्की, अन्नपूर्ण गाउँपालिका–११ बाट पक्राउ गरिएको हो । सो स्थानमा वैठक भइरहेको सूचना पाएपछि प्रहरीले त्यहाँपुगेर उनीहरूलाई पक्राउ गरेको हो ।
यसरी पक्राउ पर्नेमा पार्टीका कास्की जिल्ला सेक्रेटरी मिलन राई(आक्रोश) समेत रहेका छन् ।पक्राउ परेकाहरूलाई शनिबार राति नै पोखरा ल्याइएको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ । उनीहरू त्यहाँको स्थानिय आमा समूहको हलमा बैठक गरिरहेको अवस्थामा पक्राउ परेका हुन् । पक्राउ गर्नुअघि शनिबार दिउँसो नै प्रहरीले उनीहरूलाई घेराउ गरेर राखेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तुको विजयनगर गाउँपालिका–४ शङ्करपुरका गाउँका ४० वर्षीय राधे कार्कीले आफ्नो खेतमा यस वर्ष गहुँ

पर्यटन प्रवर्द्धनका लागि बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्‍याली सुरु भएको छ

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका