Logo
२० मंसिर २०७७
(Saturday 5th December 2020)

मेयर र उपमेयर विच विवाद बढ्दो



मेयरसंग बढेको विवादका कारण जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रिता कुमारी मिश्रले विभिन्न उपसमितिको संयोजकको जिम्मेवारीबाट राजीनामा दिएकी छिन् ।
उनले शुक्रवार लिखित रुपमै निवेदन दर्ता गराएर एक्सन कमिटी, लामखुट्टे नियन्त्रण कमिटी र रंग पेन्ट वितरण कमिटीको संयोजक पदमा नरहने जानकारी गराएकी हुन् ।
राष्ट्रिय जनता पार्टीबाट निर्वाचित मेयर लालकिशोर साह र उपमेयर मिश्रबीच पछिल्लो समय विवाद बढ्दै गएको छ । मेयर साहले एकलौटी ढंगले नगरपालिका चलाउन खोजेको आरोप उपमेयर मिश्रको छ ।

प्रतिक्रिया दिनुहोस्