Logo
१४ असोज २०७७
(Wednesday 30th September 2020)

ओली आज युरोप जादैं



प्रधानमन्त्री केपी शर्मा ओली शनीबार नौ दिन लामो युरोप भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री ओलीले स्विट्जरल्यान्ड, बेलायत र फ्रान्सको भ्रमण गर्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
शनिवार साँझ ७ बजे प्रधानमन्त्री ओलीसहितको टोलीमा जेनेभा प्रस्थान गर्ने कार्यक्रम छ । स्विट्जरल्यान्डमा हुने अन्तर्रा्ष्ट्रिय श्रम संगठनको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री युरोप जान लागेका हुन् । जेनेभासम्म प्रधानमन्त्रीसँग करिब तीन दर्जनको टोली हुने बताइएको छ । बेलायत पुग्ने क्रममा भने २४ जना प्रधानमन्त्रीको साथमा हुनेछन् ।
प्रधानमन्त्री ओलीले आइतबार अन्तराष्ट्रिय श्रम संगठनको वार्षिक साधारणसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसपछि अर्काे दिन सोमबार लन्डन जाने कार्यक्रम छ ।

पहिलो कूटनीतिक सम्बन्ध भएको मुलुक बेलायतमा १७ वर्षपछि नेपालबाट प्रधानमन्त्रीस्तरको भ्रमण हुँदै छ । त्यहाँ अक्सफोर्ड युनियनले आयोजना गरेको विशेष समारोहलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बेलायत भ्रमणमा रहँदा प्रधानमन्त्री ओलीले समकक्षी थेरेसा मेसँग पनि औपचारिक भेटवार्ता गर्नेछन् ।
तीन दिन लन्डनमा बसरे प्रधानमन्त्री फ्रान्स जाने कार्यक्रम छ । प्रधानमन्त्री ओली आगामी असार १ गते स्वदेश फर्कने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्