Logo
Logo

चार देशका लागि राजदुत सिफरिस




सरकारले अस्ट्रेलिया, स्पेन, बंगलादेश र कतारसहित चार देशका लागि राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषदको बिहिबार बसेको बैठकले अस्ट्रेलियाका लागि महेश दाहाल, कतारका लागि नारद भारद्वाज, स्पेनमा दावाफुटी शेर्पा र बंगलादेशमा डा. वंशीधर मिश्रलाई राजदूतमा सिफारिस गरेको हो ।
प्रधानमन्त्री ओलीले राजदूत सिफारिसमा दलभित्रको सन्तुलन मिलाएका छन् । उनले पार्टी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल निकटलाई पनि राजदूत नियुक्त गरेका छन् ।
लक्की शेर्पा फर्किएपछि खाली भएको अस्ट्रेलियामा दाहाललाई सिफारिस गरिएको हो । यसैगरी, डा. वंशीधर मिश्र माधव नेपालका निकट ब्यक्तिको रुपमा परिचित छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?