Logo
Logo

रवीन्द्रजीले ‘राजनीति’ सिकाउन खोज्दा एकीकरण तोडियो : रञ्जु दर्शना



काठमाडौँ । विवेकशील साझा पार्टी फुटेको छ। पार्टीका एक संयोजक रहेका उज्वल थापाले शुक्रवार नै निर्वाचन आयोग पुगेर नयाँ दलको लागि निवेदन दिएका छन्।

केन्द्रीय सदस्यमध्ये १६ जनाले निर्वाचन आयोग पुगेर निवेदन दिएका हुन्। २०७४ साउन ११ गते विवेकशील र साझा पार्टीबिच एकीकरण भएको पार्टी किन फुट्यो? विवेकशील साझा पार्टी केन्द्रीय सदस्य रञ्जु दर्शनासँग गरेको कुराकानी

तपाईहरुको पार्टीको बारेमा के के कुरा सन्दै छु नि। कुरा के हो?

हा हा…… तपाईले के कुरा सुन्नुभयो थाहा छैन। तर हामीले २०७४ साउनमा साझा पार्टीसँगको एकता भने तोडेका हौं।

प्रकृयागत रुपमा नै अघि बढिसक्नुभएको हो?

हो भन्नुपर्छ। हामीले पार्टी दर्ताको लागि निर्वाचन आयोगमा नै निवेदन दिइसकेका छौं।

रवीन्द्रजीहरु सँग किन सहकार्य गर्न सक्नु भएन?

धेरै कारणहरु छन्। उहाँहरुले हामीलाई राजनीति गर्न सिकाउन थाल्नुभयो। राजनीतिमा खारिएका हामी हौं। ‘राजनीति यसरी गर्नुपर्छ’ भन्नुभयो। होला उहाँहरुले राजनीति हामी भन्दा बढी बुझ्नु भएको होला, किताबको ठेली पढ्नुभएको होला। तर आफै जान्नेसुन्ने हुनुभयो। विचारको कदर गर्न सक्नुभएन।

रवीन्द्र जीहरुले आफ्नो विचारमात्र पार्टीमा लाद्नु भयो भन्नुभएको हो?

हा हा…. एक किसिमले त्यस्तै पनि हो। उहाँहरुले सबैको कुरा सुन्नु भएन। उहाँहरु परम्परागत रुपमा नै अगाडि बढ्नुभयो। हाम्रो उपस्थिति नहुँदा नहुँदै निर्णयहरु गर्दै जानुभयो। केन्द्रीय सदस्य थप गर्नेदेखि संगठन विस्तारमा समेत उहाँ नै एकलौटी ढंगले अगाडि बढ्नुभयो।

यति मात्र हो की अरु पनि गुनासा छन्?

धेरै गुनासा छन्। उहाँहरु संकुचित रुपले अगाडि बढ्नु भएको छ। रवीन्द्रजीको  नेतृत्वमा पारदर्शिता पाइएन। आर्थिक पारदर्शिता भएन। हामी पारदर्शिता खोजेका थियौं। यस्ता धेरै कुरा थाहा पाएपछि यो निर्णयमा पुगेका हौं।

अब के गर्नुहुन्छ?

हामीले एकीकरण मात्र तोडेका हौं। राजनीति छाडेका छैनौं। नयाँ विचार र सोचका साथ राजनीति गरी नै रहन्छौं।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?