Logo
Logo

वीरमा भएको अनियमितता माथि छानबिन सुरु



प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चासो दिएपछि वीर अस्पतालमा भएको भनिएको अनियमितताबारे एकै पटक तीन वटा निकायले छानविन थालेका छन् । अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र स्वास्थ्य मन्त्रालयले एकैपटक छानविन थालेको हो ।
उपकरण खरिददेखि विरामीको खानेकुराको टेण्डरमा समेत अनियमितता भएको बारेमा प्रधानमन्त्री केपी शर्मा ओली तथा उनको कार्यालयले चासो दिएको थियो । राष्ट्रिय सतर्कता केन्द्रले दिएको प्रतिवेदनका आधारमा किन कारवाही नभएको भनी प्रधानमन्त्री कार्यालयले चासो राखेपछि सतर्कताले पुनः स्वास्थ्य मन्त्रालयलाई ताकेता गरेको हो । अब तीनै निकायले छानविन थालेका हुन् ।
यसअघि राष्ट्रिय सतर्कता केन्द्रले वीर अस्पतालका तत्कालिन पदाधिकारी र खरिद इकाइ प्रमुखलगायतका कर्मचारीले खरिद तथा सामान आपूर्तिमा भ्रष्टाचार गरेको भन्दै कारवाहीको सिफारिस गरेको थियो । उनीहरुमाथि कुनै कारवाही भने भएको थिएन् ।

प्रधानमन्त्री कार्यालयले ताकेका गरेपछि त्यसलाई समेत आधार बनाएर छानविन थालिएको हो । वीर अस्पतालको अनियमिताको बारेमा कर्मचारीबाटै उजुरी आएपछि स्वास्थ्य मन्त्रालयले पनि आन्तरिक छानविन थालेको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?