Logo
१३ असोज २०७७
(Tuesday 29th September 2020)

गोली हानेर प्रहरीले लुटेरा नियन्त्रणमा लियो



सांकेतीक तस्बिर

काठमाडौंको अत्तरखेलमा गोली हानेर प्रहरीले एक जना लुटेरालाई पक्राउ गरेको छ । पाँचथर फिदिमका छिरिङ तामाङलाई शुक्रबार दिउँसो महानगरीय प्रहरी अपराध महाशाखाले नियन्त्रणमा लिएको हो ।
उनीसँगै रहेका चार जनालाई नियन्त्रणमा लिइएको र फरार भएका तामाङलाई दुई राउण्ड गोली हानी नियन्त्रणमा लिइएको जनाइएको छ । तामाङको खुट्टामा गोली लागेको छ । तामाङको समूहले २०७५ भदौ २६ गते कलंकीमा मनी ट्रान्सफरमा लुटपाट गरी १ लाख ७० हजार लुटेका थिए । २०७५ माघमा चाबहिलस्थित एक सहकारीमा लुटपाटको प्रयास गरेको, २०७५ चैतमा गोकणेश्वरस्थित एक मनी ट्रान्सफरबाट ३ लाख रुपैयाँ लुटेको, २०७६ जेठमा ललितपुरको इमाडोलमा १ कम्पनीबाट १ लाख लुटेका थिए ।
प्रहरीले तामाङसहित धराने भनिने नितेश तामाङ, मुन्द्रे भनिने अजय तामाङ, बाहुन भनिने रुपेश चौलागाईंलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्