

सरकारले आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले विज्ञप्ति निकालेर आइतबार रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले सार्वजनिक विदा हुने जानकारी गराएको हो । सरकारले भोटोजात्राको अवसर पारेर उपत्यकामा बर्षेनी विदा दिँदै आएको छ ।
मछिन्द्रनाथको भोटो अवलोकन गर्न राष्ट्रपति जाने परम्परा छ ।