Logo
१३ असोज २०७७
(Tuesday 29th September 2020)

सुदुर पश्चिममा विजुली प्रभावित



बिहीबार साँझ कैलाली र कञ्चनपुरमा आएको हावाहुरीले सैयौं बिजुलीका पोल ढालेर तार चुडाइदिएपछि सुदूरपश्चिम प्रदेश नै बिजुलीविहीन भएको छ । बिहिबार आठ बजेतिरदेखि अवरूद्ध भएको बिजुली शुक्रबार दिउँसो पनि सुचारू हुन सकेको छैन ।

विद्युत प्राधिकरणले दिएको जानकारी अनुसार अत्तरिया हुँदै स्याउले जाने हाइटेन्सन लाइनको तार पनि चुडिएकाले पहाडी जिल्लामा बिजुली अवरूद्ध भएको हो ।
मौसम पूर्वानुमान महाशाखाले कैलालीको टीकापुर आसपासमा ९६ किलोमिटर प्रतिघन्टाको गतिमा रहेको हावाहुरी पूर्व आउँदा बिस्तारै घटेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्