Logo
०२ जेठ २०७८
(Sunday 16th May 2021)

जनचासोका विषयमा कलम चलाउन मन्त्रीको जोड



सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारले जनचासोका विषयमा कलम चलाउनुपर्ने बताएका छन् । राष्ट्रिय समाचार समिति दाङ कार्यालयको अवलोकन तथा निरीक्षणका क्रममा उनले पत्रकारले दलका नेताका भाषणभन्दा जनताका समस्या बाहिर ल्याउनुपर्नेमा जोड दिए ।
बाँस्कोटाले राष्ट्रिय समाचार समिति र गोरखापत्रमा दिइने सामाचार विश्वसनीय र फरक कोणका हुनुपर्ने बताउँदै भने, ‘राससमा आउने समाचार अन्य सञ्चारमाध्यमभन्दा फरक हुनुपर्छ, खोजीमूलक समाचारमा तपाईँहरुले जोड दिनुहोस् ।’
सो अवसरमा रासस दाङका प्रमुख नारायणी रजौरेले कार्यालयमा पत्रकारलाई सहजताका लागि सूचना केन्द्र सञ्चालनका लागि स्थानीय तहसँग आवश्यक सहयोग मागिएको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्