Logo
१४ असोज २०७७
(Wednesday 30th September 2020)

थापा भन्छन्, ‘भ्रस्टाचार ठूला दलकै मिलोमतोमा हुने गरेको छ ’



राप्रपा अध्यक्ष कमल थापाले ठूला भ्रष्टाचारमा ठूला दलहरूले सहकार्य गर्ने गरेको आरोप लगाएका छन् । पोखरामा पत्रकारहरुसंगको भेटघाटको क्रममा थापाले वाइडवडी जहाज खरिद प्रकरण, एनसेल करछली, सुन तस्करी काण्ड र बालुवाटारको जग्गा व्यक्तिको नाममा दर्ता गर्दा ठूला दलहरूबीच सहकार्य भएको आरोप लगाए ।

उनीहरूको सहकार्यकै परिणम भएकाले सरकारले छनबिन गर्न नचाहेको थापाको भनाइ छ । कुनै पनि भ्रस्टाचारमा सामान्य छानबिन हुँदासमेत कांग्रेस र कम्युनिस्टका शीर्ष नेतहरूको नाम जोडिएपछि छानबिन नै ढिसमिस हुने गरेको आरोप उनले लगाए । लोकतन्त्रको आवरणमा व्यवासायी, प्रशासक र राजनीतिक नेताको त्रिकोणत्मक गठबन्धन बनाएर देशमा ब्रह्मलुट मच्याइएको उनको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस्