
नेपाल रेडक्रस सोसाइटी प्रदेश ३ को चुनाव र केन्द्रीय महाधिवेशनमा नेकपाको आधिकारीक उम्मेदवारलाई सहयोग नगरेको भन्दै मुख्यमन्त्री डोरमणि पौडेलसंग बढेको असमझदारी पछि मुख्य न्यायाधीवक्ता सूर्यचन्द्र न्यौपानेले राजीनामा दिएका छन् ।
पार्टीको नेतृत्व तहले तत्काल मुख्यन्यायाधीवक्ताबाट राजीनामा नदिएको खण्डमा कारबाही गर्ने चेतावनी दिएसँगै न्यौपानेले बाध्य भएर राजीनामा दिएका हुन् । उनले बिहीबार प्रदेश ३ का प्रमुख सचिव आनन्दराज ढकाललाई राजीनामा पत्र बुझाएका थिए ।
मुख्यमन्त्री उपचारको क्रममा रहेका कारण प्रमुख सचिव समक्ष राजनीनामा बुझाएको हुन् । रेडक्रसले प्रदेश र राष्ट्रिय अविधेशनमा आधिकारीक उम्मेदवार तोकेको थिएन ।
उनका अनुसार नेकपाका जिल्ला नेताहरुले आफूलाई जिम्मेवारी दिएको भन्दै मनोमानी गर्न थालेपछि आफूले रेडक्रस विपद् र द्वन्द्वमा काम गर्ने संस्था भएको कारण राजनीति गर्न नहुने तर्क गरेपछि विवाद थियो ।
स्रोतका अनुसार उनलाई पार्टीले समेत कारबाहीको तयारी गरिरहेको छ । न्यौपानेले २०७५ को २३ फागुन मा मुख्यन्यायाधीवक्ताको पदभार ग्रहण गरेका थिए ।