Logo
१७ असार २०७८
(Thursday 1st July 2021)

ग्यास सिलिन्डर पड्कदा सात घाइते




बाराको जितपुर सिमरा उपमहानगरपालिका–१४ डुमरवानास्थित स्याउली बजारमा ग्यास सिलिन्डर पड्किँदा एकै परिवारका चारसहित सातजना घाइते भएका छन् । स्थानीय सुकुमाया ब्लोनको घरमा सिलिन्डर पड्किँदा उनको परिवारका चारसहित अन्य घाइते भएका हुन् । घाइते सबैको सिमरास्थित अल्पाई अस्पतालमा उपचार भइरहेको छ ।
अमर ग्यास कम्पनीको सिलिन्डरबाट ग्यास लिक भएपछि आगलागीमा परी ६७ वर्षीय नजरमान थिङ, २८ वर्षीया सुकुमाया ब्लोन, ३१ वर्षीय बौद्धमान थिङ र ३२ वर्षीया अनिता थिङ घाइते भएको जनाइएको छ ।
स्थानीय ५२ वर्षीय दिलमाया वाइबा, २८ वर्षीया सुनमाया ब्लोन र २६ वर्षीया कमलिमाया घाइते भएका छन् । घाइतेमध्ये दिलमायाको अवस्था गम्भीर रहेको छ । घाइते सबैको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्