Logo
१२ असोज २०७७
(Monday 28th September 2020)

मोहनविक्रम मसालको महासचिव यथावत



अर्धभूमिगत नेपाल कम्युनिष्ट पार्टी (मसाल)को ८ औं महाधिवेशनले मोहन विक्रम सिंहलाई महामन्त्री चयन गरेको छ । बि.स १९९२ वैशाख ३ गते काठमाडौंमा जन्मिएका सिंहले नेपाली कम्युनिष्ट आन्दोलनमा निरन्तर नेतृत्व गर्दै आएका छन् । विक्रम संवत २००७ सालमा नेपाली काँग्रेसबाट नेपाली राजनीतिमा प्रवेश गरेका सिंहले विक्रम संवत २०१० सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए ।
विक्रम संवत २०४६ सालदेखि अर्धभूमिगत रहँदै आएका सिंह आठौं महाधिवेशनबाट पाँचौं कार्यकालका लागि महामन्त्री चयन भए । काठमाडौंमा एक हप्तासम्म चलेको महाधिवेशनले २७ पूर्ण, ९ वैकल्पिक र ९ जना सल्लाहकार सहित ४५ सदस्यीय केन्द्रीय समिति गठन गरेको हो । १६ देखि २२ जेठसम्म काठमाडौंमा अधिवेशन सम्पन्न भएको हो ।
महाधीबेशनले चित्रबहादुर केसीलाई पनि केन्दि«य सदस्यमा चयन गरेको छ । कृष्ण पौडेल,रश्मीराज नेपाली,दुर्गा पौडेल,मीना पुन,आनन्द शर्मा,गंगा पौडेल,रामबहादुर बुढा,बोमबहादुर खत्री र कृष्णबहादुर खड्का पनि केन्द्रिय सदस्य रहेका छन् । अन्य केन्द्रियमा दुर्गाबहादुर केसी,अमर थापा,कृष्ण थापा,कृष्ण अधिकारी,काशीनाथ पोख्रेल,सुरेश थापा,हिमलाल पुरी,भैरव रेग्मी,जनकराज शर्मा,मनोज भट्ट,आरसी भट्ट,शंकर बराल,चन्द्रबहादुर केसी,शेरबहादुर बिसी,दुर्गानाथ खरेल र रामप्रकाश पुरी छन् ।
वैकल्पिक केन्द्रीय सदस्यमा हरिकृष्ण पाण्डे,शिव पौडेल,धु्रववीर पुन,बासु पोख्रेल,कृष्णराज पाण्डे,हरिकान्त शर्मा,निमबहादुर बुढा,तुलसी सापकोटा र रत्नविक्रम प्यासी छन् ।
सल्लाहकारमा चेतनाथ आचार्य,बद्रे आलम,हरि आचार्य,ठाकुर खनाल,राजेश विक,राजाराम चौधरी,छविलाल सुर्तुङी,तारा थापा र मधु क्षेत्री छन् ।

प्रतिक्रिया दिनुहोस्