Logo
Logo

छोरी बलत्कार गर्ने बाबुलाई १९ बर्ष कैद



सांकेतीक तस्बिर
सांकेतीक तस्बिर

छोरी बलात्कार गरेको अभियोग लागेका एकलाई जिल्ला अदालत मकवानपुरले १९ वर्षको कैद फैसला गरेको छ । छोरीलाई बलात्कार गरेको ठहर गर्दै अदालतले बाबुलाई १९ वर्ष कैद गर्ने फैसला गरेको हो । जिल्ला न्यायाधीश खडानन्द तिवारीको इजलाशले हेटौंडा उपमहानगरपालिका–१२ का ३७ वर्षीय बाबुलाई ७५ हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने आदेश पनि गरेको छ ।

अदालतले नाबालिकालाई बलात्कार गरेकोमा ९ वर्ष कैद र हाडनातामा करणी गरेकोमा १० वर्षसहित १९ वर्ष कैद गर्ने फैसला सुनाएको हो ।
१३ वर्षीया बालिकालाई बाबुले पटक पटक बलात्कार गर्नुको साथै यौन दुव्र्यवहार गर्दै आएको पीडितको बयान छ । पछिल्लो पटक बाबुले २०७५ पुस २१ मा बलात्कार गरेका थिए । उक्त घटना बालिकाले छिमेकी महिलालाई भनेपछि घटना सार्वजनिक भएको हो ।
पीडित बालिका र छिमेकीहरुले २२ पुसमा मुद्दा दायर गरेका थिए । प्रहरीले २३ पुसमा बाबुलाई पक्राउ गरेको थियो ।
जिल्ला अदालत मकवानपुरले माघको दोस्रो सातामा पुर्पक्षका लागि क्षेत्रीय कारागार भीमफेदी पठाएको थियो । नाबालिकाको आमाले दोस्रो विवाह गरेर अन्यत्र गएपछि उनलाई बाबुले यौन दुव्र्यवहार र बलात्कार गर्न थालेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौं । नापी विभागको महानिर्देशकको जिम्मेवारी प्रकाश जोशीले पाएका छन् । भूमि व्यवस्था सहकारी