Logo
२० मंसिर २०७७
(Saturday 5th December 2020)

कैलाली र कञ्चनपुरमा आएको हावाहुरीको कारण दुइ जनाको मृत्यु



कैलाली र कञ्चनपुरमा बुधबार राति आएको हावाहुरीबाट दुई जनाको ज्यान भएको छ । प्राप्त जानकारी अनुसार गोदावरी नगरपालिकामा एक जना र टीकापुर नगरपालिकामा एक जना गरी दुईजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा गोदावरी नगरपालिका ४ का वीरबहादुर चौधरी र टीकापुर नगरपालिका २ का लहानु डंगौरा रहेका छन् । हावाहुरीबाट एक सयभन्दा बढी घाइते भएका छन् ।
बिहीबार ८ बजे पछि र आएको हावाहुरीमा परी घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । धनगढीनजिकैको डोकेबजारमा हावाहुरीले उडाएको ग २ प ८७२० नम्बरको पिकअप महिन्द्रा जीपका चालक र सहचालक दुबैजना घाइते छन् । घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थाहरूमा उपचार भइरहेको छ ।
हावाहुरीले दर्जनौं घरका छानो उडाएको छ भने किसानको बालीसमेत नस्ट गरेको छ । हुरीका कारण विजुलीका पोल ढलेका छन् जसले गर्दा विद्युत सेवासमेत अवरुद्ध बनेको धनगढी प्रहरीले जानकारी दिएको छ ।
यस्तै कञ्चनपुरमा पनि केही मानिस घाइते भएका छन् । महाकाली अञ्चल अस्पतालमा १० जना घाइते रहेको कञ्चनपुर प्रहरीले जनाएको छ । कञ्चनपुरमा पनि हावाहुरीले दर्जनौं घरका छाना र पक्की घरको जीनाको जस्ता उडाइदिएको छ ।

प्रतिक्रिया दिनुहोस्