Logo
१३ असोज २०७७
(Tuesday 29th September 2020)

अबको साता पनि हावाहुरी र बर्षा



मौसम विभागले दिएको जानकारी अनुसार शुक्रबार दिउँसो देशको पूर्वी तथा मध्य भूभागमा सामान्य बदली रहने छ । विभागका अनुसार पश्चिमी भू भागका आंशिक वदली रही थोरै स्थानहरुमा वर्षा हुनेछ भने मध्य तथा पुर्वी भूभागका केही स्थानहरुमा हावाहुरी, मेघ गर्जनसहित वर्षाको सम्भावना छ । त्यस्तै देशका उच्च हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको संभावना रहेको विभागले जनाएको छ ।
विभागका अनुसार बुधबार राति देशका पूर्वी र मध्य भूभागमा सामान्य वदली रहने र पश्चिमी भू भागका स्थानहरूमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

शनिवार र आइतबार पनि मौसम बदली रहने र देशका अधिकांश भागमा हावाहुरीसहित वर्षा हुने विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा र मध्य तथा पुर्वी भूभागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्