
तीब्र हावाहुरीका कारण बिहिबार धनगढीमा कम्तीमा २० जना घाइते भएका छन् । राति ८ बजेदेखि आधीघन्टासम्म आएको हावाहुरीका कारण धनगढी उपमहानगरपालिकामा कम्तीमा २० जना घाइते भएका छन् । हावाहुरीकै कारण ठाउँ–ठाउँमा बिजुलीका पोल पनि ढलेका छन् भने बाटो अबरुद्ध छ ।
घाइतेहरूको धनगढीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।