Logo
१३ असोज २०७७
(Tuesday 29th September 2020)

मध्यपुरमा स्थानीय पाठ्यक्रम



भक्तपुरस्थित मध्यपुरथिमी नगरपालिकाले नगरपालिकाभित्रका सामुदायिक एवं संस्थागत विद्यालयमा २५ जेठ देखि स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । नगरपालिकाले नगरक्षेत्रका १८ वटा सामुदायिक र ५२ वटा संस्थागत गरी कूल ७० वटा विद्यालयमा तयार पारेको ‘मध्यपुरथिमि म्हसिका’ अर्थात् मध्यपुरथिमिको ‘परिचय’ नामक स्थानीय पाठ्यक्रम लागू गर्ने हो ।
२५ जेठमा पर्ने सांस्कृतिक पर्व सिठी नखःका अवसर पारेर त्यस दिन नगर क्षेत्रका सबै विद्यालयले आ–आफ्नो विद्यालय नजिकैका पानीका मुहान, इनार, धाराको सरसफाइ गर्दै व्यावहारिक रुपमै स्थानीय पाठ्यक्रम लागू हुने भएको छ ।
नेपालका स्थानीय तहमध्ये आफ्नै स्थानीय पाठ्यक्रम लागू गर्ने मध्यपुरथिमि नगरपालिका दोस्रो नगरपालिका भएको उनको भनाइ छ । पाठ्यक्रम निर्माणका लागि नगरपालिकाले शिक्षाविद् एवं प्राध्यापक रामकृष्ण दुवालको संयोजकत्वमा बालप्रमी स्कूलका प्रधानाध्यापक चरणकेशरी श्रेष्ठ र अमिनिटी स्कूलका प्रिन्सिपल सूर्यबहादुर भण्डारी सदस्य रहनेगरी स्थानीय पाठ्यक्रम निर्माण समिति गठन गरेको थियो ।
प्राप्त जानकारी अनुसार पहिलोपटक कक्षा ६ मा स्थानीय पाठ्यक्रम लागू हुने जानकारी दिए । आगामी वर्ष कक्षा १ र कक्षा ७ मा पनि स्थानीय पाठ्यक्रम लागू हुने छ ।

प्रतिक्रिया दिनुहोस्