Logo
Logo

चीनले सम्झौताभन्दा बढी तौलका विमान पठाएको छः अध्यक्ष खरेल



पहिलो पटक नेपाल वायु सेवा निगमको महाप्रबन्धक हुँदा चिनियाँ जहाज भित्र्याउने निर्णय गरेका मदन खरेल फेरि निगमको उपल्लो तहमा फर्किएका छन्। भदौ ३१ मा निगम कार्यकारी अध्यक्षको नियुक्ति पाएका उनी सामु आफैँले निर्णय गरेर भित्र्याएका चिनियाँ विमान सञ्चालन, वाइडबीको बजार खोजी मुख्य चुनौती छन्। निगमको व्यवस्थापकीय कमजोरी देखाएर निजीकरणको बहस भइरहँदा निगमको अबको यात्रा कसरी अघि बढ्छ ? कार्यकारी अध्यक्ष मदन खरेलसँग गरेको वार्ताः

फेरि नेपाल वायु सेवा निगमको निर्णायक तहमा फर्किनु भएको छ। दुई वाइडबडी विमानको गन्तव्य खोजी र तिनको चुस्त व्यवस्थापनका लागि तपाइँसँग के योजना छ?
यी दुई विमानबाट पहिलो चरणमा चीन र जापानमा उडान गर्ने लक्ष्य राखेका छौं। दुवै देशमा हप्ताम ३–३ उडान गर्ने योजना छ। चीन र जापान उडान सफल भएपछि साउदी अरेबीया र कोरियामा उडान गर्नेछौं। वाइडबडी ३३०–२०० दुई विमान चीन र जापमानमा मात्र उडान गर्दा पनि पूर्ण रुपमा प्रयोगमा आउँछ। त्यसैलाई मध्यनजर गर्दै म कार्यकारी अध्यक्षको रुपमा आउने बितिकै चीनको ग्वान्जाओमा उडान गर्न औपचारिक रुपमा आबेदन दिने काम भएको हो।

जापानको ओसाका विमानस्थलमा उडानका लागि अनौपाचारीक रुपमा काम अघि बढिरहेको छ। ओसाका विमानस्थलका प्रतिनिधि र निगमका प्रतिनिधिबीच हालै काठमाडौंमा छलफल भएको छ। त्यही अनुरुप हामीले ओसाकाको लागि स्टेसन म्यानेजरका रुपमा सन्तोष पाण्डेलाई नियुक्त पनि गरिसकेका छौं। छिटै औपचारिक रुपमा उडान गर्न निवेदन दिने क्रममा छौं। जसका लागि फाइलिङ एजेन्ट नियुक्त भइसकेको छ। एजेन्टले निगमको अंग्रेजीमा भएका डकुमेन्ट सबै जापानी भाषामा अनुवाद गर्दैछ। त्यो काम सकिएपछि मात्र औपचारिक रुपमा ओसाका उडानका लागि निबेदन दिन्छौं। योजना अनुरुप काम भएमा फेब्रुअरी पहिलो हप्ता निगमको वाइडबडी विमान ओसाका उड्नेछ।

 

साउदी अरेबियाको सन्दर्भमा भने धेरै पहिलेदेखि नै स्वीकृति लिने काम भइसकेको छ। साउदी अरेबीयाको नियामक निकायले उडान स्वीकृति दिने कुरा पहिला पनि गरिसकेको छ। हामीसँग जिएसए थिएन। जिएसए नभएसम्म साउदी अरेबीयामा उडानको स्वीकृति दिइँदैन। त्यसैले साउदी अरेबीयमा उडान गर्ने विषय केही समयका लागि ढिला भएको हो। पहिलेको जिएसएले नेपालसँग काम गर्न नचाहेपछि जिएसए छनौटका लागि टेन्डर आह्वान गनेका छौं।

कोरियाको सन्दर्भमा उडानको लागि स्वीकृति दिनु पहिले त्यहीको टोली सेफ्टी अडिटका लागि आउँने भनिएको छ। उनीहरुले अडिट गरेपछि मात्र हामीले आवेदन दिन सक्छौं। कोरियन टोलीले नेपालममा अडिट गर्न आउनु पहिले निगमले पहिलो चरणमा सेफ्टी अडिट गर्नु पर्छ। निगमलाई सेफ्टी अडिटका लागि १५ दिन जति समय लाग्न सक्छ। निगमको आन्तरिक तयारी सकिएपछि कोरियन टिमलाई अडिटका लागि बोलाउछौं। उनीहरुले अडिट गरेपछि सकारात्मक प्रतिक्रिया आएमा कोरिया उडानका लागि हामी थप प्रक्रिया अगाडि बढाउनेछौं।

विमान आउनु पहिले नै नयाँ गन्तव्यमा उडानका लागि तयारी गर्न सकिँदैनथ्यो? वाइडबडी उडान गन्तव्यमा त केही तयारी नै देखिएन नि?
नयाँ गन्तव्यमा स्वीकृति लिन नसकिने भन्ने त हुँदैन। तर जापान, कोरिया लगायतका रुटमा भने वाइडबडी विमान आउनु पूर्व नै उडानका लागि स्वीकृृति लिन सकिने अवस्था थिएन। लामो दुरीमा सिधा उडान गर्न सकिने विमान हामीसँग नभएको खण्डमा उनीहरुले नेपाललाई उडानको स्वीकृति दिन सक्ने कुरा भएन। ग्वान्जाउ लगायत नजिकका क्षेत्रमा भने साना विमान पनि जान सकिने भएकाले गर्दा त्यहाँ उडानका लागि केही समय पहिले आवेदन दिन सकिने अवस्था थियो। ओसाका, कोरिया लगाएतका देशमा ट्रान्जिट भएर उडान गर्ने गरी स्वीकृति लिएको भए वाइडबडी विमानले पुरानो गन्तव्यमा नै उडान गर्न पाउने थियो। काठमाडौं–सांघाई–ओसाकामा उडान गर्न स्वीकृति लिएको भए नयाँ विमानबाट नयाँ गन्तव्यमा उडान गर्न सकिन्थ्यो।

तपाइँ महाप्रबन्धक हुँदा आन्तरिक उडानका लागि चीनबाट ल्याइएका जहाज त उड्न सकेनन् नि होइन?
चिनियाँ विमान ६ वटा मध्ये ३ वटा सञ्चालमा छन्। ३ वटा ग्राउन्डेड छन्। ग्राउन्डेड विमानमा एउटा एकेटी र अर्को एकेएस वाई १२ ई हो। साथै एउटा एउटा ट्विनटर र एमए ६० विमान समेत मर्मतको क्रममा रहेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तुको विजयनगर गाउँपालिका–४ शङ्करपुरका गाउँका ४० वर्षीय राधे कार्कीले आफ्नो खेतमा यस वर्ष गहुँ

पर्यटन प्रवर्द्धनका लागि बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्‍याली सुरु भएको छ

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका