Logo
१४ असोज २०७७
(Wednesday 30th September 2020)

अमेरिकन सहयोगमा स्थानीय सरकारको लागि सुशासन तालिम



काठमाडौं । प्रदेश तीन अन्तर्गतका स्थानीय सरकारको लागि सुशासन तालिम सुरु गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र अमेरिकन राजदूतावासले बिहीबारदेखि काठमाडौंमा तालिम संचालन गरका हुन् ।

अमेरिकाको मेरिल्याण्ड विश्‍व विद्यालयले गरेको डिजाइनका आधारमा तालिम दिन थालिएको हो । तालिम उद्घाटन कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जनता र स्थानीय सरकारबीच समन्वय र सहकार्यबाट प्रभावकारी काम गर्नुपर्ने बताए ।

विकासप्रतिको जनताको आकांक्षा पूरा गर्ने दायित्व स्थानीय सरकारको भएको भन्दै मन्त्री पण्डितले जनतासँग जोडिँदा सुशासन कायम गर्न सहज हुने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले निजी क्षेत्र समन्वयात्मक ढंगबाट अगाडि बढ्न र सहकार्य गर्न प्रतिबद्ध रहेको बताइन् । स्थानीय विकासमा सरहकालाई साथ दिन निजी क्षेत्र तयार रहेको उनले उल्लेख गरिन् ।

नीतिगत सुधार, पूर्वधार विकास, कर मैत्री वातवरण, सुशासन र आर्थिक विकासको प्रमुख आधार भएको बताइन्।

नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले स्थानीय सरकारको प्रभावकारी सञ्चालनमा सहयोग पुर्‍याउने उद्देश्‍यले सहकार्य गरको बताए । प्रदेश तीनबाट गरिए पनि सातै प्रदेशमा यो कार्यक्रम आयोजन गर्ने उनले जानकारी गराए ।

चार दिनसम्म चल्ने तालिममा अमेरिकाको मेरील्याण्डका डेपुटी मेयर रोन सिटौला लगायतले तालिम दिने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्