Logo
१८ असार २०७८
(Friday 2nd July 2021)

फिदिममा आगलागी



पाँचथरको सदरमुकाम फिदिम बजारमा आगलागी हुँदा दुईवटा घर जलेर पूर्णरूपमा नष्ट भएका छन् । आगलागीबाट संगीता राना मगरको दुई तले घर र नजिकै रहेको कर्णकुमार थापामगरको घर नष्ट भएको प्रहरीले जनाएको छ । फिदिम नगरपालिकाको दमकल नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको लामो प्रयासपछि आगो नियन्त्रणमा आएको जनाइएको छ । आगलागीबाट नजिकै रहेको एक गेस्टहाउसको छतमा पनि क्षति पुगेको छ ।
प्रहरी श्रोतका अनुसार कर्णबहादुर थापा मगरको घरमा तारणी साहले सञ्चालन गरेको मिठाइ पसलमा खारिएको तेलबाट आगो फैलिएको हो । आगलागीबाट सावित्री केरुङ योङ्याको घरमा आंशिक क्षति पुगेको छ । त्यसैगरी कर्णकुमार थापाको अर्को घर पनि आंशिकरुपमा जलेको छ । आगो फेलिएपछि फिदिम नगरपालिकाको दमकल प्रयोग गरिएको थियो । तर दमकलको पानी सकिएपछि बजारमा ल्याइएको खानेपानीको पाइप फुटाएर आगो निभाउन प्रयोग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्