चौधरीलाई फौजदारी अभियोग लगाउन सांसदको माग
पत्रकारलाई धम्की दिएको भन्दै इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीलाई फौजदारी अभियोगमा कारबाही गर्न सांसदहरुले माग गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा शून्य समयमा सांसदहरुले पत्रकारलाई आक्रमण गर्न दिएको धम्कीप्रति खेद व्यक्त गर्दै कारबाहीको माग गरेका हुन् ।
सांसद सुजाता परियारले करोडौं रुपैयाँ खर्च गरेर पत्रकारलाई सिध्याउँछु भनेर धम्की दिने इटहरीका मेयरलाई कानूनी कारबाही गर्न माग गरिन् ।अर्की सांसद हीरा गुरुङले इटहरीका मेयरले पत्रकारलाई कुट्ने मार्ने भनेकाले उनलाई फौजदारी अभियोग अन्तर्गत कारबाही गर्न माग गरिन् । ‘मेयरलाई कानूनविपरीत बोल्दै हिँड्न राज्यले छुट दिएको छ ?’ गुरुङले प्रश्न गरिन् ।