Logo
१२ असोज २०७७
(Monday 28th September 2020)

पेट्रोलियम पाइपलाइन बिछ्याउने काम ९९ प्रतिशत सम्पन्न



काठमाडौ । राष्ट्रिय प्राथमिकता प्राप्त मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिछ्याउने काम अन्तिम चरणमा पुगेको छ । परियोजनाको ९९ प्रतिशत काम सम्पन्न भएको छ । बहुप्रतीक्षित उक्त परियोजनाका जनशक्तिका लागि आठ दिने तालिम दिएपछि आउँदो असारभित्र सञ्चालनमा आउने भएको छ ।

पाइपलाइन सञ्चालनमा आएसँगै नेपाल आयल निगमलाई इन्धन ढुवानीमा भाडा वार्षिक झन्डै दुई अर्ब रुपैयाँ कम हुनेछ । भारतीय आयल कर्पोरेशन (आइओसी) सँगको सम्झौता अनुसार परियोजनाको सञ्चालन, मर्मत र अद्यावधिक राख्ने जिम्मेवारी निगमको भएकाले कर्पोरेशनले जेठ २३ गतेदेखि निगमका २५ जना प्राविधिक जनशक्तिलाई भारतको लखनउमा आठ दिने तालिम दिनेछ ।

प्रतिक्रिया दिनुहोस्