Logo
Logo

रोहितको सतकमा भारतको जित



रोहित शर्माको शतकीय योगदानसँगै भारतले जारी एकदिवसीय क्रिकेट विश्वकपमा विजयी सुरुवात गरेको छ । बुधबार इङ्ल्याण्डको साउथह्याम्प्टनमा भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित ग¥यो ।

प्रतियोगितामा भारतको यो पहिलो खेल हो । प्रतियोगितामा तेस्रो खेल खेलेको दक्षिण अफ्रिकाका लागि भने यो पराजयसँगै प्रतियोगिताको समूहगत चरणबाटै बाहिरीने खतरा बढेको छ । प्रतियोगितामा दक्षिण अफ्रिकाको यो लगातार तेस्रो पराजय हो ।टस जिती पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धा्रित ५० ओभरमा नौं विकेट गुमाएर दुईसय २७ रनको योगफल तय गरेको थियो । जवाफी ब्याटिङमा आएको भारतले ४७.३ ओभरमा मात्रै चार विकेट गुमाएर जित निश्चित गरेको हो । भारतको जितमा प्रारम्भिक ब्याट्सम्यान रोहित शर्माले अविजित एकसय २२ रनको योगदान दिए ।

उनले आफ्नो पारीमा दुई छक्का र १३ चौका प्रहार गरेका थिए । उनीबाहेक महेन्द्र सिंह धोनीले ३४, केएल राहुलले २६ र कप्तान विराट कोहलीले १८ रन जोड्दा हार्दिक पाण्ड्या सात बलमा १५ रन जोड्दै अविजित रहे ।

दक्षिण अफ्रिकाका लागि भने क्रिस मोरिसले ४२ रन जोड्नबाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । एन्दिली फेहलुक्वायोले ३४, डेभिड मिलरले ३१, कप्तान फफ्फ दु प्लेसिस्ले ३८ र भान डर दुसेनले २२ रन जोड्दा काजिसो रबडा ३१ रनमा अविजित रहे ।

बलिङतर्फ दक्षिण अफ्रिकालाई सहज योगफलमा रोक्न भारतका बलर युज्भेन्द्र चहल एक्लैले चार विकेट लिए । जसप्रित ब्रम्राह र भुवनेश्वर कुमारले दुईरदुई विकेट लिए । दक्षिण अफ्रिकाका काजिसो रबडाले दुई विकेट लिएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?