Logo
१३ असोज २०७७
(Tuesday 29th September 2020)

गुणनाइके राधे पक्राउ



सांकेतीक तस्बिर

प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका गुण्डा नाइके राधाकृष्ण भण्डारी ’राधे’ पक्राउ परेका छन् । राधेलाई बुधबार सँझ धादिङको गजुरी गाउँपालिका २ मलेखुबाट पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरेलले नागरिक खबरलाई जानकारी दिए ।
प्रहरीका अनुसार राधेसहित उनका केही सहयोगी समेत पक्राउ परेका छन् । प्रहरीलाई देखेपछि राधेको समूहले प्रहरीमाथि आक्रमणको प्रयास गरेको थियो । प्रहरीले उक्त समूहबाट विभिन्न हतियारसमेत बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्