केसीमा माग पूरा हुँदा कसैले पनि हारको महसुस गर्नु पर्दैन :कार्की
काठमाण्डौं । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले आनसनरत डा. गोविन्द बताएकी छन्।
डा केसीको सत्याग्रहमा ऐक्यवद्धता जनाउँन बुधबार दिउँसो अनसनस्थल शिक्षण अस्पताल पुगेकी कार्कीले केसीको माग जनताको माग भएका कारण पनि पूरा गर्नुपर्ने बताइन्।
‘प्रधानमन्त्रीले तपाईंका माग पूरा भयो भनेर वचनवद्धता र सम्झौता गर्नु भएको छ’, उनले भनिन्, ‘सबैका मनमा उहाँको माग पूरा हुनुपर्छ भन्ने छ। उनले केसीका माग पूरा हुँदा राष्ट्र र प्रधानमन्त्रीको पनि विजय हुने उनको भनाइ थियो।
डा. केसी सबै पार्टीको सरकार छँदा अनसनमा बसेको र कुनै पनि सरकारले माग पूरा नगरेका कारण केसी कुनै पनि पार्टीको नभएको उनको दावी छ।