Logo
Logo

यातायात व्यवसायीलाई कार्बाही हुने, गाडीको रुट परमिट खारेज



काठमाण्डौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले कम्पनीमा दर्ता हुन अटेर गर्ने यातायात व्यवसायीलाई कार्बाही हुने चेतावनी दिएका छन् । सञ्चारकर्मीसँग उनले पटक पटक आव्हान गरेपनि व्यवसायीले नमानेकाले कानुनी कार्बाहीमा जानुको विकल्प नभएको स्पष्ट पारे ।

सरकारले सबै यातायात व्यवसायीलाई कम्पनीमा दर्ता हुन तीन पटक समय थपे पनि केहीले अझै अटेर गरेका छन् । अहिलेसम्म १ हजार ६७४ व्यवसायी मात्र कम्पनीमा दर्ता भएका छन् । यातायात व्यवसायीका विभिन्न संघ र संस्था मिलेर बनेका समितिको संख्या झण्डै ३ सय रहेकोमा १५० समिति मात्र कम्पनीमा दर्ता भएका छन् ।

सार्वजनिक यातायात समितिलाई कम्पनीमा आउन अन्तिम पटक थपिएको म्याद आइतबार सकिएको छ । कम्पनीमा दर्ता हुन अटेर गर्ने गाडीको रुट परमिट खारेज हुने सरकारले बताएको छ ।

‘पहिले आउन नमानेका सबै ठूला यातायात समितिहरु अहिले कम्पनीमा आइसकेका छन् । आउन नचाहनेलाई अब कारबाही हुन्छ मन्त्रालयका एक अधिकारीले बताए ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?