Logo
२० मंसिर २०७७
(Saturday 5th December 2020)

राजपुर नगरपालिका मेयर शेख साकिल अख्तरले कुटाई खाए



काठमाडौं । मंगलबार राति रौतहटको राजपुर नगरपालिका मेयर शेख साकिल अख्तरले कुटाई खाएका छन् । इद पर्वको शुभकामना दिन करिब साढे १० बजेतिर महम्मुदिया मस्जिद पुगेका मेयर सकिल माथि कुटपिट भएको हो।

उनले भने, ‘मलाई एक्कासि ११, १२ जनाको समूहले आएर लाइटैलाइटले मुखमा भकाभक हाने । सकिलले आफूलाई ज्यान मार्नेसम्मको प्रयास भएको दाबी गरेका छन् ।  राति इदको शुभकामना दिएर मस्जिदमा फर्किएर गाडीमा चढ्न लाग्दा उनीमाथि आक्रमण भएको थियो। ‘गाडीमा चढ्न लागेको थिए। एक्कासि समूह नै मानिस आए। मैले त मुस्लिम दाजुभाइ होला भनेर सलाम गरे। तर म माथि लाइटैलाइटले हान्यो।‘

केही समाचार माध्यममा चन्दा कम दिएकाले कुटिएको भन्ने समाचार आएकोमा मेयर सालिकले गुनासो गरे। ‘चन्दाको विषय केही पनि होइन। मलाई किन कुटियो केही थाहा भएन। बोल्दै नबोली भकाभक कुट्न थाले,‘ मेयर सकिलले भने।

प्रतिक्रिया दिनुहोस्