Logo
१० असोज २०७७
(Saturday 26th September 2020)

संशोधीत नियमावलीमा निमार्ण व्यवसायीहरुको विरोध




नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद नियामावली छैटौ संशोधनको विरोधमा राजधानीमा विरोध ¥याली निकालेको छ । सरकारले आयोजना ठेक्का समय अवधिको ५० प्रतिशत भन्दा बढी म्याद थप गर्न नपाउने व्यवस्था सहित नियमावली संशोधन गरेपछि यसमा व्यवसायीहरु सहमत हुन नसकेका हुन् । ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने प्रवृति बढेपछि सरकारले त्यसमा कडाई गर्दै नियमावली संशोधन गरेको हो । तर, व्यवसायीले भने पछिल्लो प्रावधानले आफूहरुको व्यवसाय ठप्प हुनुको साथै निर्माण उद्योग क्षेत्रको आर्थिक गतिविधि नै ध्वस्त हुने दाबी गर्दै आएका छन् ।
नियमावलीको संशोधित प्रावधान अनुसार तोकिएको समय र थप गरिएको ५० प्रतिशतको समयमा पनि आयोजना सम्पन्न नगर्ने ठेकेदार कम्पनी सोझै कालोसूचीमा जाने र त्यस्ता कम्पनीले नयाँ प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।
महासंघका अध्यक्ष रवि सिंहले मुलुकभर १ हजार ८ सय भन्दा बढी आयोजनाको ५० प्रतिशत म्याद थप भईसकेकाले ती सबै कालोसूचीमा जाने र ठेक्का तोडिने अवस्था श्रृजना हुंदा सिंगो व्यवसाय प्रभावित हुने दाबी गरे ।
सार्वजनिक निर्माण सबैको सरोकार, ऐन नियमावली निर्माण मैत्री बनाउ भन्ने नारासहित बुधबार विहान राजधानीको माईतिघर मण्डलाबाट निस्केको व्यवसायीको विरोध ¥याली नयाबानेश्वर सम्म पुगेको थियो । व्यवसायीहरु केही समय बानेश्वरमा धर्ना पनि बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्