Logo
Logo

अब विदेशबाट आउने पुस्तकमा पनि भन्सार



सरकारले पत्रिका र किताबमा भन्सार शुल्क लगाएको छ । विदेशमा छापिएर आउने त्यस्ता किताब,पत्रिका तथा ब्रोसरमा अब १० प्रतिशत भन्सार शुल्क लाग्ने भएको छ । आगामी वर्षको बजेटसँगै आएको आर्थिक विधेयक मार्फर्त अर्थ मन्त्रालयले त्यस्ता सामग्रीमा भन्सार लगाउने व्यवस्था गरेको हो । संसदमा दर्ता भए पनि उक्त विधेयकमा भएका प्रस्ताव जेठ १६ देखि नै लागू भइसकेका छन् । यसअघि यस्ता सामानहरू बिनाभन्सार आउने गरेका थिए ।
अर्थमन्त्री युवराज खतिवडाले विदेशबाट आउने तयारी वस्तु र कच्चा पदार्थबीचको भन्सार दरमा एक तहको फरक पारिएको भनेका थिए । सोही अनुसार छापिएर आउने सामग्रीमा १० प्रतिशत भन्सार लाग्ने व्यवस्था गरिएको हो ।
यसअघि नेपालमा किताब तथा पत्रिका छाप्न ल्याउने कागजमा ५ प्रतिशत भन्सार लाग्ने भए पनि छापिएर आउने किताब तथा पत्रिका भने छुटमा आउने गरेका थिए ।
नेपालका धेरै प्रकाशकले छिमेकी भारतका छापाखानामा पुस्तकहरू मुद्रण गरेर ल्याउने गरेका थिए । प्रेस सञ्चालकहरूले नेपालमा कागज किनेर छाप्नुभन्दा विदेशबाटै छपाएर ल्याउनु सस्तो हुने भन्दै सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । शहरी विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना