Logo
Logo

वडाध्यक्ष घुस सहित पक्राउ



बारा गढिमाई नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष रामजीप्रसाद बरै घुस सहित मंगलबार पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार बरैलाई दुई लाख ७५ हजार रुपैयाँसहित कलैया उपमहानगरपालिका वडा नम्बर ७ को दुर्गा माध्यमिक विद्यालयबाट रंगेहात पक्राउ गरिएको हो ।
अख्तियारका अनुसार नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बबुआइनको कम्माउण्ड वाल निर्माणको उपभोक्ता समिति गठन गर्नु पहिले उनले सेवाग्राहीसँग घुस मागेको अख्तियारले जनाएको छ । उनीमाथि अनुसन्धान जारी रहेको अख्तियारले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?