Logo
Logo

सहमती खोज्न नेकपाको बैठक जारी



केन्द्रीय समितिको कार्यविभाजन र जिल्लाका इन्चार्ज सह–इन्चार्जबारे छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरू बैठक मंगबलार छोडिएकै विन्दुबाट छलफल सुरू भएको हो ।
पार्टीका नेता तथा कार्यकर्ताहरूलाई दोहोरो जिम्मेवारी दिने या नदिने भन्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र सचिवालय सदस्य माधवकुमार नेपाल पक्षबीच मतभेद भएपछि कार्य विभाजन धकेलिएको हो । माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमलगायत नेताहरू मन्त्री, सांसद, स्थानीय तहका जनप्रतिनिधि भइसकेका नेताहरूलाई दोहोरो जिम्मेवारी दिनै नहुने अडानमा छन् ।
प्रधानमन्त्री ओली, पार्टी महासचिव विष्णु पौडेल र ईश्वर पोखरेल पहिले नै जिम्मेवारीमा रहेका नेताहरूलाई पार्टीभित्र पनि जिम्मेवारी दिँदा फरक नपर्ने पक्ष लिइरहेका छन् ।
पूर्व एमालेका नेताहरूमा देखिएको यो मतभेदका बीचमा मंगलबारको छलफलमा पूर्ववर्ती एमाओवादीका नेताहरू मौन देखिएका थिए । बुधबार छलफलमा दुवै पक्ष सहमत हुनेगरी मध्यमार्गी उपाय खोजिने जनाइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । शहरी विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना