Logo
१० असोज २०७७
(Saturday 26th September 2020)

वातावरण दिवसको अवसरमा नेपालगञ्जमा कार्यक्रम




विश्व वातावरण दिवस नेपालमा पनि बुधवार विभिन्न कार्यक्रम गरी मनाईदैंछ । सम्पूर्ण विश्वलाई पर्यावरणको सुरक्षा किन चाहिन्छ भन्ने कुराको जानकारी गराउनका लागि यो दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्रसंघको आव्हानमा सन् १९७३ देखि हरेक वर्षको जुन ५ मा यो दिवस मनाउने गरिन्छ ।

विश्व वातावरण दिवस विश्व पर्यावरण प्रति संसारभर राजनीतिक र सामाजिक जागरण ल्याउने उद्देश्यले यो दिवस मनाउन थालिएको थियो । नेपालमा पनि बुधवार ’स्वस्थ वायु, स्वस्थ जीवन’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरिएको छ । जोखिममा रहेका सबै प्रजातिलाई भावी पुस्ताको लागि संरक्षण र वन्यजन्तुको अवैध व्यापार विरुद्ध यस पटकको दिवसको अवसरमा जोड दिइएको छ ।

नेपाल सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा बाँकेमा औपचारिक कार्यक्रम गर्दैछ् । जावलाखेलमा रहेको चिडियाखानामा पनि बिहान विभिन्न कार्यक्रम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्