मेयरको आक्रोश पीत पत्रकारिता विरुद्ध भएको मुख्यमन्त्रीको धारणा
इटहरीका मेयर चौधरी द्धारिकालाल चौधरीको अभिब्यक्ति प्रति नेकपाका नेता योगेश भट्टराइले आफ्ना धारणा सार्वजिन गरेपछि नेकपाकै नेता तथा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रमुख चौधरीको आक्रोश पीत पत्रकारिता र भ्रष्टाचारविरुद्ध भएको बताएका छन् ।
चौधरीले पत्रकारलाई मार्न सुपारी दिइसकेको बताएको अडियो सार्वजनिक भएपछि मुख्यमन्त्रीले पीत पत्रकारिताविरुद्धको आक्रोश भए पनि अभिव्यक्ति सच्याएर आत्मालोचना गर्न मेयरलाई सुझाएका छन् ।
मुख्यमन्त्रीले मेयर हकी स्वभावको भएको उनका अभिव्यक्तिबाट थाहा पाएको भन्दै फेसबुकमा लेखेका छन्, ‘इटहरीका मेयर द्धारिका चौधरी हकी स्वभावको हुनुहुन्छ भन्ने कुरा त उहाँको अभिव्यक्तिबाटै थाहा हुन्छ ।’