Logo
Logo

विप्लवको पार्टीबाट भक्तपुरमा जग्गा कब्जा



नेकपा जिल्ला जनपरिषद् भक्तपुर अन्तर्गत रहेको नेवाः स्वायत्त प्रदेशले चाँगुनारायण नगरपालिका–५ छालिङकी निर्मलाकुमारी पुरी र भक्तपुर नगरपालिका–१० कमलविनायकका चन्द्रमाया सुवालको संयुक्त नाममा रहेको सो जग्गा कब्जा गरेको भन्दै जग्गामा कालो ब्यानर र विज्ञप्तिसमेत टाँसिएको छ ।
चाँगुनारायण नगरपालिका–२ को कित्ता नम्बर १७९८ को सो जग्गाको क्षेत्रफल एक रोपनी एक दाम छ । जिल्ला जनपरिषद् भक्तपुरका प्रमुख एसीको हस्ताक्षर रहेको प्रेस विज्ञप्तिसहित उक्त जग्गा कब्जा गरेको ब्यानरसमेत जग्गामा टाँसिएको छ ।
परिषद्का कार्यकर्ताले जग्गा कब्जा गरेपछि जग्गाधनी चन्द्रमायाको घरमै गएर जग्गा कब्जा गरेको पत्र दिएका थिए । जग्गासम्बन्धी मुद्दा उच्च अदालत पाटनमा विचाराधीन अवस्था छ । प्रहरीले जग्गा कब्जा भनी राखिएको नेकपाका झन्डा र ब्यानर हटाएको छ । भक्तपुर प्रहरीका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले कसैले भन्दैमा वा लेखेर राख्दैमा व्यक्तिको जग्गा कब्जा नहुने बताएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । शहरी विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना