Logo
०८ असार २०७८
(Tuesday 22nd June 2021)

मजदुरले होइन डाक्टरले आन्दोलन गर्छन : प्रधानमन्त्री



काठमाण्डौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मजदुरले नभई जागिरदारहरु नै हडताल उत्रिएकाे बताएका छन्।

बुधबार धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सम्झौता तथा घोषणा र्काक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपालका डक्टरले विमारी नजाचेर हडतालमा उत्रिएको बताएका छन्।

‘हड्ताल डाक्टरहरुले गर्ने कुरा हो, बिरामीको उपचार नगर्ने’, डा. केसीको माग पूरा गराउन हडतालमा उत्रिएका डाक्टरप्रति संकेत गर्दै उनले भने, ‘यहाँ मजदुरले हडताल गर्दैन किनभने तिनका माग पूरा भएका छन्।’

प्रधानमन्त्री ओलीले बैंक खातामा पैसा नहुँदा नहुँदै पनि रंगशाला निर्माणको घोषण गगरेको भन्दै धुर्मुस सुन्तली फाउन्डेसनको खुलेरै प्रशंसा गरे। ‘बजेट निकै ठूलो छ । पैसा छैन तै पनि आँट गर्‍यो । आँट गरेर नगरपालिकासँग सम्झौतै गर्‍यो’ उनले भने, ‘नयाँ काम प्रारम्भ गर्ने संकल्प गरेकोमा खुुसी व्यक्त गर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्