Logo
१४ असोज २०७७
(Wednesday 30th September 2020)

सुमितको कमब्याक



लामो समय पछि नेपाली चेसमा फीर्ता भएका सुमित पन्तले उत्कृष्ट कमब्याक गरेका छन् । काठमाडौंमा भएको राष्ट्रिय टिम च्याम्पियनसीप र पाचँ नम्बर प्रदेशका भएको आठौ राष्ट्रिय खेलकुदमा सहभागिता नजनाएका पन्तले भारतको उडिसमा जारी ग्रान्डमास्टल चेस प्रतियोगितामा भने सहभागिात जनाएका हुन् ।
सात चरणको समाप्तीमा सुमितले ५ अंक जोडेका छन् । तेश्रो चरणमा भादिम मलात्खोसंग पराजित सुमित छैठौ चरण र सातौ चरणमा राम्रो लयमा देखिए । छैठौ भरणमा भारतका निलिस साह(२३०२)संगको खेलमा विजयी सुमितले सौरभ आनन्द(२३५१) संग बराबरी गरे ।
प्रतियोगितामा खराब सुरुवात गरेका प्रकास नेपालका लागि पनि छैठौ र साातै चरण राम्रो रह््यो । छैठौ चरणमा एलआर श्रीहरी(२२४६) संग बराबरी गरेका उनले सातौ चरणमा मनुस साह(२३८५)संग पनि बराबरी गरे । उनको ४.५ अंक छ । छैठौ चरणमा अजय कष्णा(२३३५)संग बराबरी गरेका सुरबिर लामा भने सातौ चरणमा जिएम गाइडीनोभ रसेटसंग पराजित भए । उनको चार अंक छ । सो प्रतियोगितामा नेपालका उत्तम ढुंगेल,गोविन्द खड्का र हरिश्चन्द्र चौलागाइ पनि सहभागि छन् ।

प्रतिक्रिया दिनुहोस्