Logo
२५ फाल्गुण २०७७
(Tuesday 9th March 2021)

भारत पहिलो खेल खेल्दै



आइसीसी विश्वकप क्रिकेट २०१९ सुरु भएको एक साता पछि भारतले बुधबार आफ्नो पहिलो खेल्दैछ । सहभागि १० मध्ये ५ टिमले २–२ खेल खेलिसक्दा भारतले भने पहिलो खेल खेल्न लागेको हो । उपाधिको दाबेदार मध्ये एक मानिएको भारतले नेपाली समय अनुसार दिउँसो ३.१५ बजे दक्षिण अफ्रिकासँग खेल्दैछ ।
यस अघि दक्षिण अफ्रिकाले खेलेका दुइवटै खेलमा पराजयको सामना गरेको थियो ।
दक्षिण अफ्रिका यसअघि घरेलु टोली इंग्ल्याण्ड र बंगलादेशसँग पराजित भएको थियो। दक्षिण अफ्रिकासँगै घरेलु टोली इंग्ल्याण्ड, पाकिस्तान, श्रीलंका र अफगानिस्तानले समान २ खेल खेलिसकेका छ्न् । दक्षिण अफ्रिका र अफगानिस्तानले दुवै खेल हारेका छन् भने बाँकी ३ टिमले एक जित र एक हारको नतिजा निकालेको छ ।
त्यसो त बिश्वकप क्रिकेटको अभागी टोलीको रुपमा परिचित दक्षिण अफ्रिकालाई यस पटक पनि दुर्भाग्यले छाडेन । तीब्र गतीका बलरको जमघट रहेको दक्षिण अफ्रिकाका प्रमुख चार बलर मध्य तीन घाइते भएका छन् । डेल स्टेन टोलीबाट बाहीर भइसकेका छन् भने लुंगी एनगीडी पनि १० दिन खेल्न नसक्ने भएका छन् ।
सबैभन्दा सन्तुलन मिलेको टोली भारत यस पटक साच्चै बलियो रुपमा देखिएको छ । विगतमा ब्याट्सम्यान र स्पीनरका कारण प्रभावित रहदै आएको भारतीय टोली अहिले जस्प्रित बुमराहको कारण फरक देखिएको छ । चर्चामा रहेका अलराउण्डर हार्दीक पाण्डेका कारण पनि भारतलाई थप बलियो मानीन्छ ।

प्रतिक्रिया दिनुहोस्