
एकीकृत काडाँघारी सेवा समाज र कागेश्वरी मनोहरा नगरपालीका वडा नम्बर नौ वडा सरसफाइ अनुगमन समितीको संयुक्त आयोजनामा काडाँघारीमा बृक्षारोपण कार्यक्रम बुधबार सम्पन्न भयो । बिश्व वातावरण दिवसको अबसरमा आयोजित कार्यक्रममा जिल्ला डिभिजन बन कार्यलय,काठमाडौले विरुवा उपलब्ध गराइ सहयोग गरेको जगदीश कोइरालाले जानकारी दिए ।
नगरप्रमुख कृष्ण हरी थापाले ‘ स्वच्छ सफा हराभरा, कागेश्वरी मनोहरा ’ भन्ने नगरको नारालाई चरितार्थ गर्न यो कार्यक्रमले टुवा पु¥याउने बिश्वास ब्यक्त गरे । सोही नगरका नौ नम्बर वडाका अध्यक्ष कुन्दन खड्काले काडाँघारीलाई स्वच्छ र सुन्दर बनाउने आफ्नो अभियान रहेको बताए । कार्यक्रममा नगरपालीकाकी स्वास्थ्य प्रमुख लक्ष्मी कोइराला सहितका जनप्रतिनिधीहरुको उपश्थिती थियो ।टोल समितीका पदाधीकारी र स्थानीयबासीको बाक्लो उपश्थितीमा बृक्षारोपण भएको हो ।