Logo
१७ असार २०७८
(Thursday 1st July 2021)

मेयरले माफी माग्नु पर्ने योगेशको धारणा



सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले पत्रकारलाई धम्की दिने इटहरीका मेयर द्वारिकालाल चौधरीले सार्वजनिक रुपमा आत्मालोचना गर्नुपर्ने बताएका छन् । मेयर चौधरीले पत्रकार विराट अनुपमलाई तह लगाउन सुपारी समेत दिइसकेको भन्दै धम्की दिएका थिए । सोही विषयलाई लिएर सामाजिक सञ्जाल फेसबुकमार्फत नेकपा नेता भट्टराईले चौैधरीले माफी माग्नुपर्ने बताएका हुन् ।
मेयर चौधरीले धारण गरेको सार्वजनिक पद, उनले प्रतिनिधित्व गरेको पार्टी नेकपा र उनी आफ्नै राजनीतिक उचाईका लागि पनि पत्रकार तथा अन्य व्यक्तिहरुमाथि प्रयोग गरेका अभिव्यक्ति असुहाउदो भएको भट्टराईको धाराणा छ ।
करिब ६ मिनेट लामो अडियोमा उनले अपशब्द प्रयोग गर्नुका साथै पार्टीले समेत आफूलाई कारबाही गर्न नसक्ने समेत बताएका छन् । इटहरी उपमहानगरपालिका भित्र भ्रष्टाचार बढेको शीर्षकमा समाचार लेखेपनि चौधरीले पत्रकारलाई धम्की दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्