Logo
१२ असोज २०७७
(Monday 28th September 2020)

पौडी खेल्दा डुबेर मृत्यु



साकेतिक तस्बिर

तामाकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको ज्यान गएको छ । मंगलबार दिउँसो तामाकोसी नदीमा पौडी खेल्न गएका दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ४ झ्याँकु घर भएका २४ बर्षका निङमा दोर्जे शेर्पाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
भीमेश्वर नगरपालिका वडा नम्बर ५ स्थित नयाँपुल बजार नजिकै तामाकोशी नदीमा पौडी खेल्ने मंगलबार बिहान १० बजेतिर शेर्पा बेपत्ता भएका थिए । नदीमा बेपत्ता भएका शेर्पाको प्रहरी टोली र स्थानीयले खोजतलास गर्दा शव भेटिएको जनाइएको छ ।

मृतक शेर्पा निर्माणधीन तामाकोसी पवटी मेलुङ खडक खण्डमा काम गर्ने मजदुर रहको र मृतकको शव पोष्टमार्टका लागि मंगलबार बेलुकीनै सदरमुकाम चरिकोट पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्