Logo
१२ असोज २०७७
(Monday 28th September 2020)

नेकपाको बैठक मंगलबार भएन



प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बिना निर्णय स्थगित भएको छ । ७७ जिल्लाका इन्चार्ज र सह(इन्चार्ज तय गर्न बसेको सचिवालय बैठकमा सहमति नभएपछि बुधवारसम्मका लागि बैठक स्थगित गरिएको छ । मंगलबारको बैठकमा जिल्ला इन्चार्ज र सहइन्चार्ज तोक्ने प्रस्तावमा छलफल भएको थियो ।
बैठकबाट बाहिरिएका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बुधबार दिउँसो १२ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिए । सोमवार ओली र प्रचण्डबीच जिल्ला इन्चार्ज र सहइन्चार्जमा सहमति भएपनि आजको बैठकमा मापदण्डका विषयमा कुरा मिल्न नसकेको स्रोतले जनाएको छ ।

विवादको जरो के ?

बैठकमा अध्यक्ष ओलीले सांसद र मन्त्री समेतलाई जिल्ला इन्चार्ज र सह(इन्चार्ज बनाउने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा वरिष्ठ नेता माधवकुमार नेपालले असहमति जनाए । उनले आफू निकट व्यक्तिलाई जिम्मेवारी दिने तरिकाले ओलीले नयाँ मापदण्ड बनाएको आरोप लगाए ।

वरिष्ठ नेता नेपाललाई अन्य सदस्यले समेत साथ दिएपछि ओली निर्णयबाट पछि हट्नु पर्यो । फलस्वरुप बैठक बुधवारसम्मका लागि स्थगित भएको स्रोतको दावी छ । ओली र नेपालबीचको विवादले बैठक निष्कर्ष बिहिन भएको थियो । यसअघि ओली र प्रचण्डबीच जिल्ला इन्चार्ज र सहइन्चार्जमा सहमति भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्