Logo
०९ असोज २०७७
(Friday 25th September 2020)

भुषालले भने,‘४ अर्बको काम गर्न साढे ९ अर्ब खर्च गरेर समाजवाद भेट्टाइन ’



सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता घनश्याम भुसालले चार अर्बको काम गर्न साढे ९ अर्बको खर्च गरेर समाजवादको लक्ष्य पूरा नहुने बताएका छन् । सरकारले संघीय संसदमा पेस गरेको आर्थिक वर्ष २०७६र०७७ को बजेटमाथिको छलफलमा भाग लिँदै नेकपाका नेता भुसालले ४ खर्ब ८ अर्बको पुँजीगत खर्च (विकास बजेट) गते ९ खर्ब ५७ अर्ब साधारण खर्च गरेर समाजवादको लक्ष्य नभेटाइने बताए ।
राज्य सत्ताले पहिले झै अहिले पनि २६ प्रतिशत पुँजीगत खर्च गर्न ७६ प्रतिशत साधारण खर्च खाइरहेको आरोप नेता भुषालको छ । भुषालले प्रश्न गरे, ‘जसले ११ खर्ब खाएर मात्र चार खर्बको खर्च गर्छु भन्छ भने यसको उपलब्धि कति होला?’
सरकाले ल्याएको बजेटबाट धेरैजना खुसी भएकोले आफूले पनि समर्थन गर्नुपरेको भुसालले व्यंग्य गरे । भुसालले भने, ‘२० प्रतिशत तलब बढेर ८ लाख कर्मचारी, चारबाट ६ करोड बजेट बढेपछि १ सय ६५ निर्वाचित सांसद र १ हजार भत्ता बढेर १४ लाख वृद्धवृद्धा खुसी हुँदा सत्तारुढ दल खुसी नहुने कुरै छैन ।’
उनले बजेटको मूल विषयमा कुनै गुनासो नगरी खुद्रा मसिना विषयमा कुरा उठाउने प्रमुख प्रतिपक्षी दल पनि खुसी भएको दाबी गरे । भुसालले पाँच लाख बेरोजगारलाई रोजगार दिने भनी गत वर्ष र यो वर्ष पेस भएको बजेटमा बाँडिएको सपनालाई समेत सकारात्मक भएको भनी टिप्पणी गरे ।

‘हामी पराधीन अर्थतन्त्र र दलाल पुँजीवादी तथा बलशाली भ्रष्टाचारको दुष्चक्रमा चलिरहेका छौं,’ भुसालले भने, ‘अर्ब माथिको भ्रष्टाचारमा घोटाला एक्लैले सम्भव छैन । यसका लागि ठूलाठालूहको सामूहिक सहमति हुने गरेको छ ।’
भुषालले प्रतिपक्षी कांग्रेस पराजयको पीडाले बिउँतिन नसकेको र घाइते जस्तै भएर बसेको आरोप लगाए । भुसालले दलाल पुँजीवादको विषयमा प्रतिपक्षीले बोल्दा पनि नबोल्नु दुःखद भएको बताए ।
भुसालले भने, ‘बजेटले परिकल्पना गरेको समृद्धिको नाममा एनसेलले जस्तै ११ अर्ब पुँजी भित्र्याएर ५३ अर्ब घोटाला हुने खालको प्रवृत्तिले समाजवाद आउँदैन ।’

प्रतिक्रिया दिनुहोस्