Logo
१४ असोज २०७७
(Wednesday 30th September 2020)

कर्मचारीलाई बिर्खे टोपी अनिवार्य




भानु नगरपालिकाले नेपाली भाषा र साहित्यका धरोहर भानुभक्त आचार्यले लगाउने गरेको बिर्खे टोपी लगाउन अनिवार्य गरेको छ । भानुभक्तको जन्मथलो चुँदीरम्घामा अवस्थित भानु नगरपालिकाले आफ्ना १ सय बढी कर्मचारीलाई बिर्खे टोपी अनिवार्य गरेको हो ।
भानु नगरपालिका प्रमुख उदयराज गौलीका अनुसार कार्यालयका कुनै पनि कर्मचारीले निर्धा्रित समयमा पोसाक लगाएर कार्यालय नआएको पाइए हाजिरी गर्न नदिने बताए ।
भानु नगरपालिकाका १३ वटै वडामा बिर्खे टोपी र कर्मचारी पोसाक अनिवार्य गरेपछि कर्मचारीमा अनुशासन, जिम्मेवारी र एकरूपता देखिएको बताउँदै प्रमुख गौलीले कुनै पनि परिवर्तनको सुरुवात आफैंबाट थाल्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्