Logo
२० मंसिर २०७७
(Saturday 5th December 2020)

महानगरले खटायो कोइराला निवासमा सुरक्षाकर्मी



सरकारले कोइराला निवासबाट सुरक्षाकर्मी हटाएपछि विराटनगर महानगरपालिकाले नगर रक्षक खटाएको छ । मेयर पराजुलीले मंगलबार तीन जना नगर रक्षक कोइराला निवासको सुरक्षार्थ खटाएका हुन् ।
सरकारले कोइराला निवासको सुरक्षा गरिरहेका १३ जना सशस्त्र प्रहरीलाई हटाउने निर्णय गरेको थियो । सोही निर्णयसँगै निवासको सुरक्षा गरिरहेका प्रहरीले निवास छोडेका थिए ।
नेपालमा प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरेको निवासमा राजनीतिक पूर्वाग्रह राखेर सुरक्षाकर्मी हटाइएको बताउदै मेयर पराजुलीले महानगरबाट रक्षकलाई निवासको सुरक्षा गर्न खटाएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्