Logo
१४ असोज २०७७
(Wednesday 30th September 2020)

वायुसेवा बन्द गर्ने सञ्चालक संघको चेतावनी




सरकारले वायुयानको अधिकांश पार्टपुर्जामा ३० प्रतिशतसम्म भन्सार दस्तुर पु¥याएको कारण जनाउदै वायुसेवा सञ्चालक संघले सम्पूर्ण सेवा बन्द गर्ने घोषणा गरेको छ । संघले बिहिबारबाट निजी विमान कम्पनीका सम्पूर्ण हवाई सेवा बन्द गर्ने चेतावनी दिएको हो ।

विगतमा एक प्रतिशत मात्र भन्सार महसुल लाग्दै आएका वायुयान पार्टपुर्जामा १५ जेठ देखि नै भन्सार महसुल बढाएर ३० प्रतिशत लाग्ने व्यवस्था गरेपछि सञ्चालहरु आन्दोलित भएका हुन् । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६र७७ का लागि आर्थिक ऐन पेस गर्दै वायुयानमा लाग्ने अधिकांश पार्टपुर्जामा ३० प्रतिशतसम्म भन्सार तिर्नुपर्ने व्यवस्था गरेका छन् ।

नयाँ व्यवस्थासँगै वायुयानका पार्टपुर्जा छुटाउन नपाएको र हाल वायुसेवाहरुसँग २३ जेठसम्मलाई मात्र जगेडा पार्टपुर्जा रहेकाले पार्टपुर्जा अभावकै कारण बाध्य भएर हवाईसेवा बन्द हुने अवस्था आएको संघले जनाएको छ । वायुसेवा सञ्चालक संघका अनुसार इन्जिन, प्रोपेलर, रोटर ब्लेड, ह्विल ब्रेक, स्टेरिङ, ल्यान्डिङ गियर, विन्डसिल जस्ता सीमित पार्टपुर्जाहरुको मात्रै एक प्रतिशत भन्सार शुल्क र ‘अन्य पार्टपुर्जा’मा ३० प्रतिशत भन्सार शुल्क लाग्नेछ ।

बढी भन्सार तिरेर सामान छुटाउन नसक्ने भन्दै सघले वायुयानमा लाग्ने सम्पूर्ण पार्टपुर्जाहरुको विगतअनुसार नै भन्सार दरबन्दी १ प्रतिशत मात्र हुने गरी आवश्यक पहल गरिदिन पर्यटन मन्त्रालय, अर्थ मन्त्रालय, महालेखा परीक्षकको कार्यालय, भन्सार विभाग, नेपाल नागरिक उड्ययन प्राधिकरण तथा सम्बन्धित कार्यालयहरुमा आग्रह गरेका थिए । तर, आश्वासन मात्रै आउने गरेकाले तत्काल समस्या समाधान गरिदिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्