Logo
१२ असोज २०७७
(Monday 28th September 2020)

देश न्याय र समानता सहित समृद्धितर्फ अघि बढको प्रधानमन्त्रीको भनाइ



प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले देशलाई न्याय र समानतासहितको समृद्धिको दिशातर्फ अघि बढाइरहेको बताएका छन् । जातीय भेदभाव तथा छुवाछूत उ्रन्मुलन दिवसको अवसरमा मंगबलार शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । सन्देशमा वर्तमान सरकार सुखी नेपाली, समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न शताब्दीऔंसम्म विभेद र अन्यायको शिकार भएका दलित समूदायलाई शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रमा अगाडि बढाउन तल्लिन रहेको उल्लेख छ ।
प्रधानमन्त्री ओलीले सन्देशमा राज्यका हरेक अङ्ग र निकायमा समानुपातिक समावेशी सिद्धान्त अनुसार दलित समूदायको प्रतिनिधित्व गराइने संवैधानिक व्यवस्था रहेको स्मरण गरे । प्रधानमन्त्री ओलीले नेपाल जातीय विभेद मु्क्त देश घोषणा भएको यस दिनले जातीय विभेद र छुवाछूतको दुव्र्यवहारलाई रत्तिभर सहन नगर्न हरेक नेपाली नागरिकलाई उत्प्रेरित गर्नेछ भन्नेमा आफू विश्वस्त रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्