
काठमाण्र्डौ । देशमा फेरि डरलाग्दो महाभूकम्प आउँछ भन्दै जनमानसमा आतंक फैलाउने ‘ज्योतिष’ लाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाण्डौंले सर्वसाधरणमा अफवाह फैलाएको अभियोगमा ३६ वर्षीय ज्योतिष भन्ने अर्जुन क्षेत्रीलाई नियन्त्रणमा लिएको हो ।
यूट्यूव भिडियोमार्फत जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै उनले आतंक फैलाएका थिए । उनको अफवाहको भ्रममा परी त्रसित रहिरहेको अवस्थामा प्रहरीले मंगलबार गौशालाबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाण्डौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।
उनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको पनि प्रहरीले जनाएको छ ।