राष्ट्रिय पुनर्जागरण अभियान नेपालको दोश्रो राष्ट्रिय भेला सम्पन्न
काठमाण्डौं । राष्ट्रिय पुनर्जागरण अभियान नेपालको दोश्रो राष्ट्रिय भेला सम्पन्न भएको छ । जेठ १७ र १८ गते चलेको सो भेलामा ५३ जिल्लाका अभियान्ताको सहभागिता रहेको थियो । भेलामा राष्ट्रियता, भ्रष्टाचार र विदेशी हस्तक्षेपका मुद्धामा गंभिर छलफल भएको थियो ।
भेलामा १२ बुँदे राजनीतिक सहमतिका विषयमा पनि गंभिर छलफल भएको थियो । भेलालाई राजनीतिक विश्लेषक, भरत दाहाल, वरिष्ठ मानव संस्कृतिविद् डा प्रेम खत्री, प्रशासाविद् डा शास्त्रदत्त पन्त, लेखक तथा विश्लेषक सौरभ, चीनका लागि पूर्व राजदूत टंक कार्की र अवकाशप्राप्त ब्रिगेडिएर जनरल एवं सुरक्षाविद् डा प्रेम बस्नेतले सम्वोधन गरेका थिए ।
भेलामा वरिष्ठ कलाकार मोहन निरौला, लोकप्रिय ब्यंग्यकार शैलेँद्र शिंखडा, लोकप्रिय लोक गायक बद्रि पंगेनीले आफनो रचना प्रस्तुत गरेका थिए। कार्यक्रममा संगितकार शिव पौडेलको सांगितिक समूहले देशभक्तिपूर्ण गितहरु प्रस्तुत गरेको थियो।